
काठमाडौँ । सरकारले भन्सार महशुल नियमावली बनाएको छ । आर्थिक वर्ष शुरु भएको ४ महिना बित्न लागेको बेला भन्सार महशुल नियमावली बनाइएको हो । भन्सार महशुल ऐन कार्यान्वयनका लागि मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नियमावलीको मस्यौदा स्वीकृत ग¥यो ।
जेठ १५ गते प्रतिनिधि सभामा पेश भएको भन्सार महसुल विधेयक प्रतिनिधि सभाले असार १६ र राष्ट्रिय सभाले असार ३१ गते पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष शुरु भएकै दिन साउन १ गते प्रमाणीकरण गरेका थिए। तर, सरकारलाई यो ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउन ४ महिना लागेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij