Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

लाइन काटिएका उद्योगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जानकारी सार्वजनिक गरेका हुन् ।

    आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।
    मन्त्रिपरिषद्को निर्णय अनुसार बोर्डबाट पनि यस्तो निर्णय गराइएको हो ।प्राधिकरणले कात्तिक ८ मा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो ।मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्राधिकरण सञ्चालक समितिले निर्णय गरेसँगै वक्यौता नतिरेर लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij