Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

पर्सा प्रहरीद्वारा साढे ४८ लाख बढीको कपडासहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 444
    Shares

  • पर्सा प्रहरीद्वारा साढे ४८ लाख बढीको कपडासहितको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा साढे  ४८ लाख बढीको खुद्रा तथा कपडा लोड गरिएको ट्रकसमेत बुझाएको छ ।कार्तिक २७ गते राति करिब ११ बजेतिर वीरगञ्ज महानगरपालिका वडा न ८स्थित घन्टाघर चोकबाट ना ३ ख ७९१० नम्बरको मालवाहक ट्रकमा बिज बीजक भन्दा बढीको खुद्रा तथा कपडा लोड गरेको पाइएकोमा ट्रकसहितको मालवस्तु पर्सा प्रहरीले नियन्त्रणमा लिएर पथलैया कार्यालय बुझाएको प्रहरीले जनाएको हो ।

    pp nov13a.png

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक भारतीले विशेष सूचनाका आधारमा  नियन्त्रणमा लिइएको उक्त ट्रकमा अन्दाजी ४८ लाख ५६ हजार ४ सय ३१ रुपैया बराबरको खुद्रा मालसामान तथा कपडा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस