Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

जीवन बीमा कम्पनीहरूको पहिलो त्रैमासिकमा करिब २ अर्ब मुनाफा, गत आवको तुलनामा साढे अठार प्रतिशतले बढी


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 192
    Shares

  • जीवन बीमा कम्पनीहरूको पहिलो त्रैमासिकमा करिब २ अर्ब मुनाफा, गत आवको तुलनामा साढे अठार प्रतिशतले बढी

    काठमाडौँ । जीवन बीमा कम्पनीहरूले  चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना साउन, भदौ र असोजमा करिब २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले पहिलो त्रैमासिकमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।गत आवको सोही अवधिमा जीवन बीमाको खुद नाफा १ अर्ब ६२ करोड १३ लाख रुपैयाँ थियो ।गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा चालु आवमा १८.६४ प्रतिशत मुनाफा बढेको हो । 
    यो अवधिमा सबैभन्दा धेरै नाफा हिमालय लाइफले आर्जन गरेको छ । हिमालयन लाइफले २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नेपाल लाइफले २० करोड ५४ लाख र रिलायबल लाइफले १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    नाफा वृद्धि गर्नेमा सिटिजन लाइफ अग्रस्थानमा छ । सिटिजनले गत आवको सोही अवधिको तुलनामा ८३.३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आवको पहिलो त्रैमासिक कम्पनीले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।सोहीक्रममा रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा ६६.९१ प्रतिशतले वृद्धि भएको छ भने एशियन लाइफलको खुद नाफा ४२.१९ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको खुद नाफा ३५.६२ प्रतिशतले वृद्धि भएको छ ।

    सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ९४.१७ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनी चालु आवको पहिलो त्रैमासिकमा २२ लाख रुपैयाँमा सीमित भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस