Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट करदाताहरू सम्मानित,  राजबहादुर शाह सबै भन्दा बढी कर तिर्ने व्यक्तिको रूपमा सम्मानित,कम्पनीमा नेपाल दूरसञ्चार

राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट करदाताहरू सम्मानित,  राजबहादुर शाह सबै भन्दा बढी कर तिर्ने व्यक्तिको रूपमा सम्मानित,कम्पनीमा नेपाल दूरसञ्चार

  • काठमाडौं । यो वर्ष सबै भन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीहरू सम्मानित भएका छन् ।सबै भन्दा बढी कर तिने व्यक्तिको रूपमा राजबहादुर शाहलाई सम्मानित गरिएको छ भने कम्पनीतर्फ नेपाल दूर सञ्चार कम्पनीलाई सम्मानित गरिएको हो ।सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान ग¥यो ।आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा मंसिर १ गते सम्मान गरेको हो ।

    अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मानित गरियो ।वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित गरियो ।

    स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर पनि  उत्कृष्ट करदाताका रुपमा सम्मानित भए । गत आर्थिक वर्षमा ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सीडीएस  एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।

    ऊर्जामुलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भए ।विसं. २०७५ साउनदेखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्ट सम्मानित भयो ।

    वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेजलाई सम्मान गरिएको छ । कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरु पनि सम्मानित भएका छन् ।कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले उनीहरूलाई सम्मान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij