काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सोमबार मंसिर ३ गते १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको रुपैयाँ बराबरको नयाँ (फ्रेस) ट्रेजरी बिल जारी गर्न लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुनेछ । यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।
बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।