Logo

Nov 18 2024 | २०८१, मंसिर ३गते

images

कार्तिकमा मालपोत कार्यालयबाट संकलन हुने राजस्व घट्यो


नया सडक

२०८१, मंसिर ३ सोमबार

  • 207
    Shares

  • कार्तिकमा मालपोत कार्यालयबाट संकलन हुने राजस्व घट्यो

    काठमाडौँ । मालपोत कार्यालयबाट संकलन हुने राजस्व कार्तिक महिनामा कम संलन भएको छ ।  देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।  घर जग्गाको कारोबारमा हुनुपर्ने सुधार आउन नसकेकोले राजस्व संकलनमा कमी आएको देखिएको हो ।असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ बराबरको राजश्व संकलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलन घटेको हो ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले २४ करोड ५७ लाख ५४ हजार ८५८ रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।मालपोत कार्यालय गोटीखेल ललितपुरले ४ लाख ६७ हजार ७२० रुपैयाँ, भक्तपुरले १७ करोड ६९ लाख २३ हजार ६४५ रुपैयाँ, डिल्लीबजारले १५ करोड ७७ लाख २० हजार ५४५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

    विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २१ करोड ४२ लाख ४६ हजार ९९२ रुपैयाँ, कलंकी  मालपोत कार्यालयले १७ करोड ८ लाख ४४ हजार ७५१ रुपैयाँ, साँखु कार्यालयले ४ करोड ७९ लाख ५४ हजार ९४२ रुपैयाँ, मनमैजु कार्यालयले ५ करोड ५० लाख ९३ हजार ६३२ रुपैयाँ, टोखा कार्यालयले ३ करोड ५७ लाख २७ हजार ६६५ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

    मुलुकभर १३३ मालपोत कार्यालयहरूले १७ करोड ७८ लाख ३८ हजार ४६६ रुपैयाँ बराबरको सेवा कर उठाएका छन् । यसैगरी रजिष्ट्रेशन शुल्क १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१ रुपैयाँ, पूँजीगत लाभकर ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ संकलन गरिएको छ ।विभागका अनुसार गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ रुपैयाँ बराबरको राजस्व संकलन गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस