Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

एनआरएन एकता महाधिवेशन गर्न उच्चस्तरीय समितिका संयोजक घलेले पहिलो बैठकबाट निर्णय लिँदै

एनआरएन एकता महाधिवेशन गर्न उच्चस्तरीय समितिका संयोजक घलेले पहिलो बैठकबाट निर्णय लिँदै

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको महाधिवेशन गर्न पूर्व अध्यक्ष शेष घलेको नेतृत्वको उच्चस्तरीय समितिले बैठक बोलाएको छ ।उच्चस्तरीय समितिका संयोजक घले निकटका अनुसार  आगामी जेठसम्म एकता महाधिवेशन सम्पन्न गर्ने गरी यो बैठक बोलाइएको हो ।एनआरएनए विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले घले नेतृत्वको उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्न जिम्मेवारी तोकेको थियो ।सोही फैसला बमोजिम घलेले मंगलबारका लागि बैठक बोलाएका हुन् ।मंगलबार बोलाइएको पहिलो बैठकबाट एकता महाधिवेशनको विषयमा लिनुपर्ने आवश्यक निर्णय लिइने छ ।

    महाधिवेशन अघि संघको विभिन्न देशमा रहेका शाखाहरुको अधिवेशन सम्पन्न गर्नुपर्ने , सदस्यताको टुंगो लगाउनुपर्ने जस्ता विषयको टुंगो बैठकबाट लिइने अपेक्षा गरिएको छ । विभिन्न देशमा रहेका शाखाहरूको अधिवेशन  फागुनभित्र गर्ने तयारी बारे आवशयक निर्णय लिइने घले निकटकाहरूको भनाइ छ ।यो समितिद्वारा आयोजना गर्न लागिएको एकता महाधिवेशनलाई बद्री केसी समूहका एक दर्जनजति सदस्यहरू बहिष्कारमा जाने देखिएको छ ।घलेले बैठकका लागि जारी गरेको विज्ञप्तिमा सर्वोच्चको फैसला बमोजिम एकताको महाधिवेशन गर्न उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार गर्न लागिएको जनाइएको छ ।

    घले नेतृत्वको उच्चस्तरीय समितिमा १३ जना रहेका छन । जसका सदस्यहरूमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, विनोद कुँवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ, कुल आचार्य, डा बद्री केसी र रविना थापा रहेका छन ।समितिका सदस्य एबम अध्यक्ष विनोद कुँवरले घलेले मंगलबार संघको बालुवाटारस्थित सचिवालयमा बस्नेगरी बोलाएको बैठकले एकताको आधार तयार हुने विश्वास व्यक्त गरेका छन् ।

    अब एकताको महाधिवेशन गर्न घले अघि बढिसकेकोले यसबाट एनआरएनएलाई अगाडि बढाउने र पछाडि तान्नेहरू प्रष्टिने घले निकटहरूको भनाइ रहेको छ ।सर्वोच्च अदालतको चैत २१ मा भएको फैसलाले गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले गरेको पत्राचारको आधारमा उच्चस्तरीय समितिको पहिलो बैठक बोलाइएको हो । मंगलबार बैठक दिउँसो ३ देखि ५ बजेसम्म बस्ने गरी बोलाइएको छ ।एनआरएनएमा हाल तीन वटा समूह रहेको छन् । तिनवटै समूहलाई मिलाएर एकताको महाधिवेशन गर्नेगरी घलेले पहल कदमी लिने पहल अगाडि बढाएका हुन् ।

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij