Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

उद्योगी व्यवसायीलाई कर प्रणालीको सार, लगानीको आधार भन्ने नारा सफल पार्ने जिम्मा

उद्योगी व्यवसायीलाई कर प्रणालीको सार, लगानीको आधार भन्ने नारा सफल पार्ने जिम्मा

  • काठमाडौँ । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले  कर प्रणालीको सार , लगानीको आधार भन्ने नारा सफल पार्ने जिम्मेवारी निजी क्षेत्रको भएको बताएका छन् ।निजी क्षेत्रले दिएको नारालाई सरकारले स्वीकृत गरी सम्मान गरेकोमा अब यो नारालाई सफल बनाउने  जिम्मा निजी क्षेत्रको भएको महानिर्देशक आचार्यले बताएका हुन् ।

    नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार मंसिर ३  आयोजित कर प्रणालीको सार लगानीको आधार भन्ने नाराका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा महानिर्देशक आचार्यले यस्तो बताए ।सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत राष्ट्रिय कर दिवस २०८१ मनाउने सन्दर्भमा नेपाल चेम्बर अफ कमर्सले यो अन्तरक्रियाको आयोजना गरेको थियो । काठमाडौंको जमलस्थित चेम्बरको सभाहलमा आन्तरिक राजश्व विभागका उच्च पदाधिकारीहरू तथा व्यापारी उद्यमीहरूको सहभागिता थियो ।

    chamber 18 a.jpeg

    महानिर्देशक आचार्यले उद्योगी व्यवसायीलाई सही तरिकाले उद्यम गर्न पनि आग्रह गरे ।  समस्या हुनु स्वाभाविक भएको बताउँदै आचार्यले त्यसलाई समाधान गर्दै जानु पर्ने बताए । साढी खर्बको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पुगेको बताउँदै आचार्यले लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको बताए ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा मौजुदा रकम प्रशस्त रहेको र ब्याज दर एकल अंकमा रहेकोले लगानीको अवसरको लाभ उद्योग व्यवसायीलाई उठाउन उनले सुझाउ दिए ।उनले भने ‘करदाता र मतदातालाई यो देशले सँधै सम्मान गर्नुपर्ने र सम्मान हुन्छ’

    चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले राज्य र उद्योगी व्यवसायीहरू मिलेर देशलाई समृद्ध बनाउनुपर्ने बताए । साथै अध्यक्ष अग्रवालले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij