Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

विदेशी विनिमय सञ्चिति  १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने


नया सडक

२०८१, मंसिर ४ मंगलबार

  • 315
    Shares

  • विदेशी विनिमय सञ्चिति  १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब रुपैयाँ पुगेको जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत असोजसम्म विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा ९.४ प्रतिशतले विदेशी मुद्रा बढेको राष्ट्र बैंकले जनाएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको थियो । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।

    असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस