Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

सुन व्यवसायीका संगठनमा आबद्ध नभएकालाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सुन व्यवसायीका संगठनमा आबद्ध नभएकालाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

  • काठमाडौँ । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दायर गरेको  निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

    अन्तरिम आदेशमा भनिएको छ ‘राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक नलगाउनु’ 

    अहिलेसम्म वाणिज्य बैंकहरुले सुन आयात गरी व्यवसायिका तीन संगठनहरुलाई मात्र सुन बिक्री हुँदै आएको छ । व्यवसायीका तीन संगठनमा  आवद्ध सदस्य व्यवसायीलाई सुन दिँदै आएकोले गैर आबद्ध व्यवसायीले सुन किन्न नपाएका हुन् ।  संगठनमा आवद्ध नभएका व्यवसायीले सुन नपाएको अवस्था देखिएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij