काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनामा १४ अर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।ती कम्पनीहरू मध्ये एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गर्ने ५ कम्पनी रहेका छन् । अन्य कम्पनीहरूको व्यापार १ अर्बभन्दा कम रहेको छ । १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्नेहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी , सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।
सबैभन्दा धेरै सागरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा स्थानमा शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ ।यसअघि पहिलो स्थानमा रहँदै आएको शिखर तेस्रो स्थानमा झरेको छ । चालु आवको तेस्रो त्रैमासिकदेखि शिखर तेस्रो स्थानमा झरेको हो ।यसैगरी , नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १४ कारेड र आईजीआई इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख, दि ओरिन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख, यूनाईटेड अजोडले ८४ करोड १ लाख, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख, सानिमा जीआईसीले ७७ करोड ९३ लाख, प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख र नेशनल इन्स्योरेन्सले ४९ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।