Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

पहिलो त्रैमासमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 84
    Shares

  • पहिलो त्रैमासमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष  २०८१-८२ को पहिलो त्रैमासमा ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस अवधिमा निक्षेप संकलन बोलकबोल मार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ । 

    २०८१ असोजमा वाणिज्य बैंकको ४.२८ प्रतिशत, विकास बैंकको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।२०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर ६.० प्रतिशत रहेको छ ।

    वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशतले वृद्धि भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा १२.८ प्रतिशतले वृद्धि भएको छ ।





    प्रतिक्रिया दिनुहोस