Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

नोभेम्बर ३०देखि शुरु हुने १४औँ नेपाल फेस्टिभलको तयारी पूरा भएको आयोजकद्वारा जानकारी


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 645
    Shares

  • नोभेम्बर ३०देखि शुरु हुने १४औँ नेपाल फेस्टिभलको तयारी पूरा भएको आयोजकद्वारा जानकारी

    टोकियो । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ , नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ जापानमा आयोजना हुन लागेको नेपाली फेस्टिभलको तयारी पूरा भएको छ ।जापानको राजधानी टोकियोमा हुन लागको १४ आँैं नेपाल फेस्टिभल २०२४ को तयारीबारे फÞेस्टिभल स्थल नाकानोमा शुक्रवार साँझ पत्रकार सम्मेलन जानकारी दिइएको हो ।

    ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा नेपाल फेस्टिभल हुन लागेको छ । जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन फेस्टिभलको आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।

    उनीहरूका अनुसार जापानमा नेपाल र नेपालीको पहिचान झल्किने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिभलको उद्देश्य रहेको छ ।गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नविन निउरेले नेपालीहरूको पहिचान प्रबद्र्धन गर्न यसको आयोजना गरिएको बताए ।

    एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा यस पटक नेपाल फेस्टिभल २०२४ भइरहेको छ । नेपाल फेस्टिभल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ सम्पन्न जनाउँदै मूल आयोजक समितिका संयोजक निउरेले शनिवार १० बजे नाकानो स्टेशनबाट ¥याली निकालिने जनाए । उक्त ¥याली नेपाल फेस्टिभल आयोजना हुने स्थलसम्म जाने र त्यसमा  सहभागी हुन जापानमा बसिरहेका नेपालीलाई अपिल गरे ।

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनि भइरहेको प्रवक्ता खगराज गौतम बताए ।एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिभलको गर्दै आएको छ । १४ औं नेपाल फेस्टिभल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले जनाए ।

    उनका अनुसार नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीप्रति  ऐक्यबद्धता  जाहेर गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिभल सफल संस्करण हुने छ । एनआरएनए जापानका अनुसार नेपाल फेस्टिभलको यो पटक अनुमानित खर्च एक करोड ४० येन हुने छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस