Logo

Dec 27 2024 | २०८१, पुस १२गते

Dec 27 2024 | २०८१, पुस १२गते

images
उपनिर्वाचन
उपनिर्वाचनको पछिल्लो मत गणना अनुसार विभिन्न दलका  उम्मेदवार विजयी, कतिपय  ठाउँको मतपरिणाम आउन बाँकी

नया सडक

२०८१, मंसिर १७ सोमबार

  • 108
    Shares

  • उपनिर्वाचनको पछिल्लो मत गणना अनुसार विभिन्न दलका  उम्मेदवार विजयी, कतिपय  ठाउँको मतपरिणाम आउन बाँकी

    काठमाडौँ । सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणना अनुसार विभिन्न ठाउँमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार  जित हात पारेका छन् । कतिपय ठाउँमा मत गणना जारी रहेको छ  पछिल्लो मतगणना अनुसार  नगरपालिका वडा नं १२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आाइतबार सम्पन्न उपनिर्वाचनमा उनले नौ सय २३ मत प्राप्त गरेको  निर्वाचन आयोगले जनाएको छ । 
     उनका  निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए । आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाएको  आयोगले जनाएको छ ।
    यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भए । साहले छ सय ५२ मत प्राप्त गरेका छन् ।

    यसैगरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् ।यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ को अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्रकुमार साह विजयी भएका छन् ।यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् ।यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।यसैगरी त्रिशूली (नुवाकोट), १७ मङ्सिरः नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) निर्वाचित भएका छन् ।यसैगरी तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् ।यसैगरी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।यसैगरी रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणि पुन मगर निर्वाचित भएका छन् ।यसेगरी बर्दियाको नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु निर्वाचित भएका छन् । यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्रप्रसाद यादव विजयी भएका छन् । यसैगरी  रौतहटको  राजपुर नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका समसे आलम विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

     यसैगरी दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका छन् ।यसैगरी    गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् ।यसैगरी  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएका छन् ।यसैगरी झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।यसैगरी रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको  निर्वाचन आयोगले जनाएको छ ।
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij