काठमाडौँ । जारी नेपाल प्रिमियर लिगमा (एनपीएल) काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।
खेलमा चितवन राइनोजका सोहेल तनविरका शान्दार बलिङका अगाडि काठमान्डुका ब्याट्सम्यानहरू बढी दायाँबायाँ गर्न सकेनन् । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।
३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभरको कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।