Logo

Dec 05 2024 | २०८१, मंसिर २०गते

images

आन्तरिक हवाई भाडा दर वृद्धि


नया सडक

२०८१, मंसिर १९ बुधबार

  • 90
    Shares

  • आन्तरिक हवाई भाडा दर वृद्धि

    काठमाडौँ । आन्तरिक तर्फको हवाई भाडा दर वृद्धि गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा दर बढाएको हो ।काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले बढेको क्यानले जनाएको छ ।
    हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको जनाइएको  छ ।

    कहाँको भाडा कति वृद्धि यहाँ हेर्नुहोस

    प्रतिक्रिया दिनुहोस