Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

  •  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ४९ करोड ६० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६५ करोड ५५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २१ करोड ८५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

    राष्ट्र बैंकले आगामी पुस २ गते देखि लागू हुनेगरी २०८२  पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर २३ गते राती १९ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

    बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij