Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर २१ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर २१ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  मंसिर २१ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

    काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । 

     

    पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।”

    एशियन कंक्रीटोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

    काठमाडौं । एशियन कंक्रीटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा  नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

     

    आईपीओ निष्कासन गर्नका लागि दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । जसमा एशियन कंक्रीटोको अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    सेन्चुरी इनर्जीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सेन्चुरी इनर्जीले प्रतिकित्ता २७५.११ रुपैयाँमा ३ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो । यसले प्रिमियममा आइपीओ बिक्रीका लागि स्वीकृति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

    नेशनल लघुवित्तसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन दिए

    काठमाडौं । एक जलविद्युत कम्पनी सहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् ।

     

    बुटवल पावर कम्पनी,नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन । यी मध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरे प्रतिकित्ता रू।२०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको हो भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन ।

    हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

     

    कम्पनीले ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

    कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

    युनियन मेवा हाइड्रोले ३५ करोड ३८ लाख रुपैयाँको आइपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आइपीको निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३५ लाख ३८ हजार ६०४ कित्ता सर्वसाधारण सेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता गरेको छ ।

    उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका हुन् । युनियन मेवा हाइड्राले ३५ करोड ३८ लाख ६० हजार ५०० सय रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्नेछ ।

    मिथिला लघुवित्तको  १५ प्रतिशत  लाभांश घोषणा

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

     

    मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १४ दशमलव २८६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१४ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने निर्णय गरेको हो ।

    विजय लघुवित्तले एफपीओ जारी गर्ने , धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।

    यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

    आशा लघुवित्तको २ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले शुक्रबार (मंसिर २१ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    कुमारी बैंकको साढे २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २८ हजार ६६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९मंसिर २१ गते० बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

    थप दुई घन्टा बढी समय थपेर वीरगञ्ज भन्सारको विस्तारित सेवा पुसदेखि ल्याइँदै

    वीरगञ्ज (पर्सा)  । वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो । पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो ।

    एनआईबीएल इक्विटी पार्टनर्सद्वारा इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी

    काठमाडौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । यो साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्नेछ ।

     

    एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पु¥याउँदै ऊर्जा निर्यातको सम्भावनालाई बलियो बनाउन सहयोग पु¥याउने एनआईबीएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ ।

    बचतपत्रमा बैंकभन्दा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम

    काठमाडौँ ।  नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको प्रचारप्रसारको अभाव, केही प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यसप्रति लगानीकर्ता आकर्षित हुन सकेका देखिँदैनन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः दुई प्रकारका बचतपत्र जारी गर्दै आएको छ । पहिलो, ‘नागरिक बचतपत्र’, जुन नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण जुटाउन प्रयोग गरिन्छ ।

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

    त्रिशूली (नुवाकोट) ।बागमती प्रदेशमा प्रदेशले ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताउनुभएको हो ।

    मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गतरौतहटको चन्द्रपुर–५ मा दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

    आजको लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा कायम भएको छ ।

    अण्डाको मूल्य बढ्यो

    चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट ९३० वटाको० रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ ।

     

    पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो ।

    सङ्क्रमणकालीन न्याय प्रक्रियाः स्वतन्त्र, निष्पक्ष र समक्ष व्यक्ति सिफारिस गर्नुपर्ने

    काठमाडौँ ।सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय बनाउन निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई पदाधिकारी सिफारिस गर्नुपर्नेमा सरोकारवालापक्षले जोड दिएका छन् ।

     

         संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र एम्नेष्टी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा आज आयोजित  ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वसनीयता’ विषयक अन्तरक्रियामा मानवअधिकारकर्मी चरण प्रसाईँले पदाधिकारी निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने बताउनुभयो ।

    भुटानी नरेश स्वदेश फिर्ता

    काठमाडौँ । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो । 

     

    आज बिहान काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँ आउनुभएको हो ।

    न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ : प्रधानन्यायाधीश राउत

    काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताउनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रणालीबाट हुने पेसी व्यवस्थापन प्रक्रिया अवलोकन गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन पेसी व्यवस्थापनमा गोला प्रणाली अवलम्बन गरिएको बताउनुभयो ।

    “न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन जरुरी छ, गोला प्रणालीको प्रयोगपछि यसले पूर्णता पाएको छ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “हरेक दिन गोला प्रणालीले गर्दा इजलासमा आउने नयाँ विषयका विषयमा पनि छलफल गरिन्छ, समस्या देखिए कानुनी बाटो खोजेर सल्टाउने काम गरिन्छ ।” उहाँले इजलासमा हरेक दिन केही नयाँ विषय आउने गरेको र पुराना मुद्दाका साथै धेरै मुद्दाको आदेश वा फैसला गरेका विषयमा पनि छलफल हुने गरेको जानकारी गराउनुभयो । सर्वोच्च अदालतमा २०७८ मङ्सिर १५ गतेदेखि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न थालिएको हो । सोही वर्ष माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुुरु गरिएको हो ।

    नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

    बागमती  । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । 

     

    कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।  आव २०८०÷८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

    सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा झरेको छ ।

     

    शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १८ सय ९० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६४२.३९ र चाँदी प्रतिऔंस ३१.४१ डलरमा कारोबार भइरहेको छ ।

    दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij