काठमाडौँ ।आज नेप्से परिसूचकमा ४५.९३ अंकले घटेर २६८९ बिन्दुमा आएको छ । आज ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३२१ सय कम्पनीको १ करोड ७३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र रिभर फल्स पावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij