Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

मूल्य वृद्धि गर्ने सिमेन्ट उत्पादकहरूसँग मूल्य वृद्धिको सूची सरकारले माग्यो

मूल्य वृद्धि गर्ने सिमेन्ट उत्पादकहरूसँग मूल्य वृद्धिको सूची सरकारले माग्यो

  • काठमाडाँैं । सरकारले  मूल्य वृद्धि गर्ने सिमेन्ट उत्पादकहरूसँग एक हप्ता भित्र मूल्यसूची बुझाउन भनेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफल गरी मूल्य वृद्धिको सूची बुझाउन भनेको हो ।विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए अनुसार मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिइएको हो । उनीहरूले बुझाउने मूल्य वृद्धिको सूची उपर आवश्यक निर्णय विभागले गर्ने छ ।

    images

    सरकारी सिमेन्ट उद्योग र निजी क्षेत्रका सिमेन्ट उद्योगहरूको मूल्यवृद्धिमा के कसो विधि अपनाइ मूल्य वृद्धि बढाइएको भनी विभागले आवश्यक निर्णय लिन खोजेको छ । सोहीकारण विभागले उनीहरूसँग मूल्य वृद्धिको सूची माग गरेको हो । निर्माण व्यवसायीहरूले निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । त्यसपछि विभागले उनीहरूलाई बोलाइ छलफलमा गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij