Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

नेपाल बीमा प्राधिकणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल बीमा प्राधिकणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अध्यक्ष सिलवालविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो ।

    ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत २०८० साल साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून बमोजिम कारवाही हुनपर्ने,’ भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

    सिलवालले पर्साबाट लिएको नागरिकता र काठमाडौंबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ ।उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

    अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिको पूर्णपाठ यहाँ क्लिक 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij