काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२/०७/१२ मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६प्रतिशत बोनस शेयर, १४प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij