Logo

Dec 26 2024 | २०८१, पुस ११गते

Dec 26 2024 | २०८१, पुस ११गते

images
कुमारी र ध्रुव क्यापिटल सर्भिसेसबीच वैदेशिक लगानी प्रवद्र्धनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

नया सडक

२०८१, मंसिर २८ शुक्रबार

  • 177
    Shares

  • कुमारी र ध्रुव क्यापिटल सर्भिसेसबीच वैदेशिक लगानी प्रवद्र्धनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता

     

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको ध्रुव क्यापिटल सर्भिसेस लिमिटेडबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवा अन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको हो । कुमारी क्यापिटलले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । र, भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेस गैर–बैंकिङ वित्तीय कम्पनी हो । 

    यो आरबीआइ द्वारा इजाजतपत्र प्राप्त कम्पनी हो । जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरुमा लगानी गर्ने योजना बनाएको छ । साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर अस्पताललगायत जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्ने उद्देश्य राखेको छ । 

    जुन लगानी नेपालको ऊर्जा, वित्तीय र, सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्याउन केन्द्रित हुनेछन् । दुवै कम्पनीबीच भएको यो सम्झौता अन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरुलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपाल वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रुपमा काम गर्नेछ ।
     
    सम्झौता पत्रमा हस्ताक्षर समारोहमा कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले यस सहकार्यलाई नेपालका क्यापिटल मार्केट क्षेत्रका लागि एक महत्वपूर्ण कदमका रुपमा रहेको उल्लेख गरेका छन् । उनले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने र वैदेशिक लगानीलाई सहज वातावरण निर्माण गर्न योगदान दिने विचार व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij