काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले आगामी पुस २४ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्न लागेको छ ।