Logo

Dec 26 2024 | २०८१, पुस ११गते

Dec 26 2024 | २०८१, पुस ११गते

images
चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

नया सडक

२०८१, मंसिर २८ शुक्रबार

  • 168
    Shares

  • चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

    बेइजिङ ।बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग ‘गहिरो चासो’ व्यक्त गर्नुभएको छ । 

    इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटी र वाङले बेइजिङको दियाओयुताई स्टेट गेस्टहाउसमा संयुक्त पत्रकार सम्मेलन गरी ‘रणनीतिक वार्ता’का लागि दुई दिने भ्रमण सम्पन्न गरेका हुन् ।

    “दुवै पक्ष सिरियाको वर्तमान् अवस्थाप्रति चिन्तित छन् र सिरियाको सार्वभौमिकताको सम्मान गर्न आह्वान गर्दछन्,” वाङले पत्रकारसँग भन्नुभयो, “आतङ्कवादी र अतिवादी शक्तिहरूलाई अराजकताको फाइदा लिनबाट रोक्न चीनले आग्रह गर्दछ ।”

    अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदले इस्लामवादी हयात तहरीर अल–शाम ९एचटीएस० समूह र यसका सहयोगीहरूको नेतृत्वमा आक्रामक आक्रमणपछि देश छोडेर भागेको सञ्चारमाध्यम तथा विभिन्न मानवअधिकारवादी समूहले बताएका छन् । 

    असद प्रशासनको पतनले एक युगको अन्त्य गरेको छ जसमा संदिग्ध विद्रोहीहरूलाई जेलमा राखिएको थियो वा निर्मम यातना दिई हत्या गरिएको थियो । 

    करिब १४ वर्षको युद्धको अन्तरालमा पाँच लाखभन्दा बढी मानिसहरूको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन् । 

    “मध्यपूर्वमा शान्ति र स्थिरता हासिल गर्न हामीले शान्ति र वार्तालाई बढावा दिनुपर्छ भन्नेमा हामी सहमत भयौं,” वाङले अब्देलाटीसँगको संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij