Logo

Apr 23 2025 | २०८२, वैशाख ११गते

Apr 23 2025 | २०८२, वैशाख ११गते

images

अंग्रेजी नयाँ वर्षमा टेक्सासमा न्यू इयर पार्टीको आयोजना

अंग्रेजी नयाँ वर्षमा टेक्सासमा न्यू इयर पार्टीको आयोजना

  • टेक्सास । अंग्रेजी नयाँ वर्षको अवसरमा अमेरिकाको टेक्सासमा नेपाली समूदायले भव्य कार्यक्रमको आयोजना गरेको छ । डिसेम्बर ३१ अर्थात न्यू ईयर इभको अवसरमा ‘हयाङ्गआउट रेस्टुरेन्ट एण्ड स्पोर्टस क्लब’ मा भव्य कार्यक्रमको आयोजना गर्न लागिएको छ । ‘केटीएक्स ईएनटी एक्स  हयाङ्गआउट इएनटी’ का  विशेष भट्टराई, जनम राना, प्रज्वल क्षेत्रीलगायतले कार्यक्रमको आयोजना गरेका हुन । 
    स्थानीय समयअनुसार राति ९ देखि २ बजेसम्म हुने पार्टीमा डीजे पीजी, डीजे पोनिक्स र डीजे सीलको प्रस्तुती रहने छ भने सो कार्यक्रमलाई भव्य बनाउन तीव्र तयारी भइरहेको आयोजकको भनाइ रहेको छ । सयौँको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा प्रवेशका लागि २० डलर राखिएको छ । 
    यो कार्यक्रमका आयोजकहरुले यो भन्दा पहिले पनि यस्ता धेरै कार्यक्रम  हरु आयोजना गरेर सफल बनाउदै आएका छन । यो कार्यक्रम पनि सभ्य र भब्य बनाउन आयोजकहरु सक्रिय भएका छन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij