Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

धादिङमा दुई दिने नेवारी खानाको सडक उत्सवको आयोजना

धादिङमा दुई दिने नेवारी खानाको सडक उत्सवको आयोजना

  • काठमाडौँ ।धादिङमा योमरी पुन्हिको अवसरमा सडक खाना उत्ससवको आयोजना गरिएको छ । झिंगु नेवाः समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका–३ को संरक्षकतत्वमा सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ शनिबारदेखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीमा सडक नेवाः खाना उत्सव सुरु भएको हो ।

    ‘सडक नेवाः खाना उत्सव लोप हुदै गएकोले यसबाट नेवारी संस्कृतिको संरक्षण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले  जानकारी दिए ।

    पहिलो प्रयास भएपनि सडक खाना उत्सवमा १५ सय भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको बताउँदै उनले सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने जनाए छ । उनका अनुसार सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम गरिएको छ । अर्काे सडकको छेउमा थुप्रै खालका नेवारी परिकारका खानेकुराहरुहरु बनाउदै गरिएको छ । दुई दिने सडक खाना उत्सव शनिबारदेखि सुरु भई आइतबारसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij