
काठमाडौं । राप्ती हाईड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्ने भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij