Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

पुसको पहिलो सातासम्म  नयाँ वैदेशिक सहायता प्रतिबद्धता २ खर्ब बढी

पुसको पहिलो सातासम्म  नयाँ वैदेशिक सहायता प्रतिबद्धता २ खर्ब बढी

  • काठमाडौँ ।  विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पुस पहिलो सातासम्म २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबर वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएकोे जनाएको छ ।

    images

    मन्त्रालयको तथ्यांक अनुसार गत आव २०८०÷८१ को सोही अवधिमा ५९ अर्ब ९८ करोड रुपैयाँ मात्र प्रतिबद्धता प्राप्त भएको थियो  । यस अवधिमा प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी सार्वजनिक गरेका छन् ।
    प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान प्रतिबद्धता १५३.१ प्रतिशत र वैदेशिक ऋण प्रतिबद्धता २८०.६ प्रतिशत बढेको छ ।

    चालु आव हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता प्राप्तिसमेत गत आव सोही अवधिको तुलनामा ३०.३ प्रतिशत बढेको छ । यो  अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत कुल ४४ अर्ब ८ करोड वैदेशिक सहायता प्राप्त भएको छ ।

    चालु आव ५२ अर्ब ३२ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य लिइएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार वैदेशिक अनुदान तथा ऋण प्राप्तिमा विकास निर्माण गतिले  पनि भूमिका खेल्छ । आयोजना जति छिटो कार्यान्वयन भयो, रकम प्राप्ति समेत सोही गतिमा बढ्ने गर्छ ।

    यस वर्ष सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ वाह्य ऋण लिने लक्ष्य राखेको छ । सरकारले आन्तरिक ऋण उठाउने लक्ष्य भने ३ खर्ब ३० अर्ब रुपैयाँ बराबर राखेको छ । त्यसमध्ये मंसिर मसान्तसम्म १ खर्ब ९२ अर्ब २९ करोड रुपैयाँ उठाइसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।नेपालमा एसियाली विकास बैंक र विश्व बैंक बढी ऋण लगानी गर्ने बहुराष्ट्रिय निकाय हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij