Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नाडा अटो शो २०२५: टाटा मोटर्सका नयाँ र इभी गाडीमा बुकिङ खुल्यो, ग्राहकका लागि विशेष छुट र अफर

नाडा अटो शो २०२५: टाटा मोटर्सका नयाँ र इभी गाडीमा बुकिङ खुल्यो, ग्राहकका लागि विशेष छुट र अफर

  • काठमाडौं। काठमाडौंको भुकुटीमण्डमा गत भदौ ३ गतेदेखि सुरु भएको नाडा अटो शो २०२५ मा टाटा मोटर्सका नयाँ र पुराना ब्रान्डका गाडीहरूको बुकिङ खुला भएको छ। मेलामा पुगेका ग्राहकहरूले टाटाका गाडी खरिदमा थुप्रै छुट तथा विशेष अफरहरू पाउन सक्नेछन्।

    नाडा अटो शोमा टाटाका ४ वटा ब्रान्डका इलेक्ट्रिक (इभी) गाडीहरू र ४ वटा हाइस मोडलका गाडीहरू स्टलमा राखिएका छन्। कम्पनीको दाबी अनुसार इलेक्ट्रिक हाइस गाडीको माग उल्लेख्य रूपमा बढेको छ। हाइस इभी गाडी नेपालमा हालसम्म २२०० युनिट बिक्री भइसकेको छ।

    मेलामा टाटाले पञ्च इभी सार्वजनिक गरेको छ, जसको मूल्य ३८ लाख देखि ४० लाख सम्म पर्छ। साथै, नेक्सन इभी र कर्भ इभी पनि शोमा राखिएको छ, जसको मूल्य क्रमशः ५८ लाख ९९ हजार र ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ। टियागो इभी समेत नाडा अटो शोमा प्रदर्शनमा राखिएको छ।

    कम्पनीका प्रमुख सेल्स म्यानेजर निर्मल खत्रीका अनुसार, नाडा अटो शोमा टाटाका गाडीहरू २७ लाख ५० हजार देखि १ करोड ३२ लाख सम्ममा खरिद गर्न सकिने गरी शोकेशमा राखिएको छ। पेट्रोलमा चल्ने टियागो, पञ्च, नेक्सन र डिजेलमा चल्ने सफारी पनि मेलामा प्रदर्शनीमा राखिएका छन्।

    ग्राहकहरूले टाटा गाडी खरिदमा छुट्टाछुट्टै अफर र एक्सचेन्ज अफर पाउनेछन्। कम्पनीले लाइफ टाइम फ्रि चार्जिङ, ३ वर्षको वारेन्टी, फ्रि सर्भिसिङ, बीमा र वार्षिक सवारी कर समेत निःशुल्क उपलब्ध गराएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij