Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

निर्माण व्यवसायीहरूबाट सावाँ ब्याज भुक्तानी नहुँदा बैंकहरूको नाफालाई असर पर्ने चिन्ता

निर्माण व्यवसायीहरूबाट सावाँ ब्याज भुक्तानी नहुँदा बैंकहरूको नाफालाई असर पर्ने चिन्ता

  • काठमाडौैँ । निर्माण व्यवसायीले बैंकहरूको सवाँ ब्याज भुक्तानी नदिँदा उनीहरूको नाफालाई असर गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीलाई ऋणको साँवा ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म तन्काइदिए पनि त्यसले समाधान दिन नसकेको हो ।

    images

    सरकारले उनीहरुको भुक्तानी नतिरेको भन्दै उनीहरूले बैंकको भुक्तानी तिर्न नसकेको बताउँदै आएका छन् ।निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको कारण देखाउँदै साँवा ब्याज नतिरेका कारण बैंकहरुको खराब ऋण बढ्ने भएको छ। राष्ट्र बैंकले नै निर्माण व्यवसायीका कारण बैंकहरुको खराब ऋण १.५० प्रतिशतभन्दा धेरै बढ्ने आकलन गरेको छ।

    निर्माण व्यवसायीले चालु वर्ष कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लिएका छन्।राष्ट्र बैंकका अधिकारीहरूका अनुसार मौद्रिक नीतिमार्फत दिएको सुविधा प्रयोग गरी निकै सानो परिमाणमा मात्र साँवा ब्याज तिरेको देखिएकाले बैंकहरुको खराब ऋण ै बढ्ने छ ।

    असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत एनपीए ४.२८ प्रतिशत रहेको थियो ।निर्माण व्यवसायीले लिएको कर्जालाई सावाँ ब्याज नतिरेका कारण बैंक तथा वित्तीय संस्थाहरुले अब खराब कर्जामा राख्नुपर्ने हुन्छ। साथै नाफाबाट कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्छ। यसले बैैंकहरुको वासलात  बिग्रिने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij