Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नेपाल वायु सेवा निगमका आन्तरिक उडान बन्द

नेपाल वायु सेवा निगमका आन्तरिक उडान बन्द

  • काठमाडौँ । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिलेसम्म आन्तरिक उडान गर्दै आएको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड हुँदा सरकारी विमान सेवाको आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो ।दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड भएको थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी सार्वजनिक गरेका हुन् ।
    उनका अनुसार उडान गर्दै आएको एक  जहाजको पनि इन्जिनको उडान आवर सकिएका कारण आन्तरिक उडान अस्तिबाट बन्द भएको छ ।इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको उनले जनाए ।त्यसका लागि यसअघि नै टेन्डर आह्वान भएर ठेक्का पनि लागिसकेको छ । ठेक्का लागेको ४५ दिनभित्र डेलिभरी दिने भन्ने सम्झौता भएको छ ।

    नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij