Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सुनको मूल्यमा बुधबार झिनो गिरावट

सुनको मूल्यमा बुधबार झिनो गिरावट

  • काठमाडौं।  सुनको मूल्यमा बुधबार झिनो गिरावट छ। १ सय रुपैयाँ घट्दै सुन प्रति तोला १ लाख ४९ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन सुन प्रति तोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रति तोला १ हजार ८ सय ५ रुपैयाँ भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन घटेर प्रतिऔंस २६१६.४५ डलर छ।चाँदी प्रतिऔंस २९.६२ डलरले करोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस २६२०.४२ डलर र चाँदी २९.७७ डलर थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij