काठमाडौँ । बैंकहरूले सुनधितोमा लगानी बढाइरहेको देखिएको छ । नेपाली बजारमा सर्वाधिक सुनको मूल्य १ लाख ६७ हजार २सय पुगेको थियो । सरकारले भन्सार दर घटाएपछि सुनको मूल्य २० हजार बढीले घटेको थियो । अहिले सुनको मूल्य १ लाख ४९ हजारमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा तेजी भएयता सुन राखेर धितो लिनेहरू पनि बढेको देखियो । चालु आर्थिक वर्ष २०८१÷८२ को ४ महिनामा बैंकहरूले सुनचाँदी धितो राखेर लिन कर्जा २२.१३ प्रतिशतले बढेको देखिन्छ ।
गत कात्तिकसम्म बैंकहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।गत आवको सोही अवधिमा यो कर्जा ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै सुनचाँदीमा लगानी भएको देखिन्छ । यस अवधिमा बैंकहरूले सुनचाँदीमा ११ अर्ब ३७ करोड रुपैयाँ लगानी बढेर गएको छ ।
४ महिनाको अवधिमा माछापुच्छ्रे बैंकले सुनाचाँदीमा व्यापक लगानी बढाएको देखिन्छ । प्राप्त आकडा अनुसार बैंकले सुनचाँदीमा १ हजार ५०६ प्रतिशत बढाएर १६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सोही अवधिमा गत आवमा १ करोड ४ लाख रुपैयाँमात्रै लगानी गरेको थियो ।
यसैगरी सुनचाँदीमा बढी कर्जा प्रवाह गर्ने बैंकहरूमा प्रभु बैंकको ५७९ प्रतिशत बढेर ७ करोड ७६ लाख रुपैयाँ, सालपा विकास बैंकको २१२.३८ प्रतिशत बढेर ७ करोड ९९ लाख रुपैयाँ, नबिल बैंकको १२४.५२ प्रतिशत बढेर ६९ करोड ५ लाख रुपैयाँ लगानी भएका छन् ।
गत कार्तिकसम्म लक्ष्मी सनराइज बैंकको ७०.४६ प्रतिशत बढेर ७१ करोड ८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ६४.८३ प्रतिशत बढेर ७ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३७.२१ प्रतिशत बढेर १८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ३४.८० प्रतिशत बढेर २४ अर्ब ८७ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२.६५ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, गुडविल फाइनान्सको ३२.०९ प्रतिशत बढेर ५७ करोड ९५ लाख रुपैयाँ सुनचाँदीमा भएको देखिन्छ ।
यसैगरी सिन्धु विकास बैंकको ३०.६३ प्रतिशत बढेर १० करोड १२ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १६.५६ प्रतिशत बढेर १८ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.७० प्रतिशत बढेर २१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १५.२० प्रतिशत बढेर २१ करोड २९ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १३.७३ प्रतिशत बढेर ७० करोड ५२ लाख रुपैयाँ सुनचाँदी धितो राखेर कर्जा भएको रहेछ ।
सुनचाँदी धितो राखेर गरिमा विकास बैंकको ९.९९ प्रतिशत बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, प्राइम बैंकको ९.८५ प्रतिशत बढेर ६ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९.१८ प्रतिशत बढेर २४ करोड २५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०४ प्रतिशत बढेर १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ, ज्योति विकास बैंकको ६.११ प्रतिशत बढेर ४६ करोड १० लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकको ०.७६ प्रतिशत बढेर ८ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा ८ वटा बैंकले भने सुनचाँदीमा लगानी घटाएका छन् । घटाउनेहरूमा एनआईसी एशिया बैंकको ७५.१० प्रतिशत घटेर २ करोड २१ लाख रुपैयाँ, कुमारी बैंकको ६६.५३ प्रतिशत घटेर २५ लाख रुपैयाँ, एनएमबि बैंकको ६६.४९ प्रतिशत घटेर ६ लाख रुपैयाँ, सानिमा बैंकको ६२.३६ प्रतिशत घटेर ७ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।
यसैगरी घटाउनेहरू अन्यमा गोर्खाज फाइनान्सको ७.५० प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३.९३ प्रतिशत घटेर ७३ करोड ३३ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.२१ प्रतिशत घटेर ७० करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकको ५१.८२ प्रतिशत घटेर १ करोड ६२ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।