Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

जालपादेवी केबलकार सुदुरपश्चिम,लुम्बिनी र कर्णाली प्रदेशको विकास र समृद्धिमा योगदान दिने अध्यक्ष ढकालको विश्वास

जालपादेवी केबलकार सुदुरपश्चिम,लुम्बिनी र कर्णाली प्रदेशको विकास र समृद्धिमा योगदान दिने अध्यक्ष ढकालको विश्वास

  • जालपादेवी । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल यस कर्णाली चिसापानीमा जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पु¥याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा साबित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ंजालपादेवी केवलकार शिलान्यास समारोहमा ढकालले यस्तो बताएका हुन् । 

    images

    पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवद्र्धन र आर्थिक सम्मृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूह सात वटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागि रहेको बताउँदै ढकालले  यसै शिलशिलामा हामीले काठमाडौँको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तब्य सञ्चालनमा ल्याइसकेको जनाए ।

    उनका अनुसार रुपन्देहीको बुटबलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकर निर्माणको अघि बढेको छ । चन्द्रागिरिमा बनेको त्यस विशाल पूर्वाधारले केबल ५ सय प्रत्यक्ष नयाँ रोजगारी मात्र सृजना गरेको छैन, यसले समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको छ ।

    दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवातजावात हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरुको जीवनस्तरमा सुधार आएको छ । चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तब्यको रुपमा चन्द्रागिरि रहेको छ । 

    बुटवल र गैडाकोटमा पनि चन्द्रागिरि जस्तै सयौँ स्थानीयले रोजगारी पाएका छन् । आर्थिक गतिविधि विस्तार भएका छन् । धेरै स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको छ । हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेको उनले जनाए ।

    उनले  नेपाल आउने पर्यटकको बसाई कम्तीमा ७ दिन लम्बियोस् उद्देश्यका साथ यस्तो योजनाको विकास गरिएको बताए ।उनका अनुसार अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत  ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । 

    पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् । त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ ।  

    हामीलाई प्रकृतिले अपार बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ती छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ, र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल(चमत्कार) गर्न सकिन्छ ।
    निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका छौँ । 

    अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । 
    अहिले मुलुक संघीय संरचनामा छ । हरेक प्रदेश तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ । त्यसका लागि प्रदेश र स्थानीयतहहरु बीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरै भन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने हो । तबमात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्छ । 

    सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । उनले जोड्दिँदैन भने ‘म पुनः दोहो¥याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्था आवश्यक पर्छ । तब मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ । ’

    अध्यक्ष ढकालका अनुसार  हाम्रो मुलुकको सम्भावनाको क्षेत्र भनौँ वा कुनै क्षेत्रले मुलुकको कायापलट गर्न सम्भव छ भने त्यो पर्यटन नै हो । पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन  सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।

    पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ ।  उनले भने ‘आज शिलान्यास गरिएको यो आयोजनाले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र ? सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई निजी क्षेत्रको बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । ’

    उनका अनुसार निजी क्षेत्रले निर्माण गर्ने हरेक आयोजनाले दिने सेवा, सुविधा र यससँग जोडिने अर्थोपार्जन सबै राज्यको दायित्व मै पर्ने विषय हुन् । निजी क्षेत्रले निर्माण गर्ने यिनै भौतिक पूर्वाधार र प्रदान गर्ने सेवाले राज्यको स्टाटस बढ्ने हो । राज्य विकसित हुने आधार पनि यिनै हुन् । निजी लगानीलाई प्रोत्साहन हुने, निजी क्षेत्रलाई विस्तार र विकास गर्न दिने र उनीहरुको मान, मर्यादा र मनोबल उच्च हुने हो भने निजी क्षेत्रले नै हो विकास, आर्थिक समृद्धि र समुन्नति ल्याउने । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय, प्रदेश तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ ।

    त्यस अवसरमा उनले जालपादेवी केवलकारको बारेमा पनि केही धारणा राखेका थिए । उनका अनुसार आधुनिक विकास र आर्थिकरुपमा अन्य प्रदेशको तुलनामा अलि पछि रहेको यस प्रदेश मलाई भने निकै सुन्दर र अलौकिक लाग्छ । यस प्रदेशका रामारोशन, बडीमालिका, खप्तड, शुक्लाफाँट, चिसापानी पुल आफैँमा धेरै सुन्दर गन्तव्य हुन् ।  

    सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने कुरामा कसैको पनि दुई मत हुँदैन ।पवित्र कर्णाली नदीमा जल पर्यटन विकासको प्रचुर सम्भावना छ । कर्णाली नदीमा ¥याफ्टिङ, यस क्षेत्र आसपासका धेरै पहाडहरु प्याराग्लाइडिङ र ट्रेकिङ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारीसहित परम्परागत थारु संस्कृतिको प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले साच्चै नै फड्को मार्न सक्छ । यसका लागि आज शिलान्यास गरे जस्ता धेरै भन्दा धेरै पर्यटन पूर्वाधारको खाँचो छ ।  विगत केही वर्षदेखि नेपाल र नेपालका हिल स्टेशनहरु भारतीय पर्यटकको रोजाइका गन्तब्व् बन्दै आएका छन् । 

    सप्ताहन्त होस् वा विदामा मनोरञ्जनका लागि आउने होलिडे पर्यटक हुन् वा मिटिङ्ग, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन हुन् वा डेस्टिनेशन वेडिङ, अहिले नेपालका धेरै पर्यटकीय गन्तब्यहरु भारतीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । तर, एयर कनेक्टिभिटि र आवश्यक अन्य भौतिक पूर्वाधारको अभावले ती पर्यटकहरु नेपालमा ल्याउन नसकेको यथार्थ छ । 

    अहिले हामी हाम्रो छिमेमी मुलुक भारतको सीमाबाट करिब २ घण्टाको ड्राइभिङ दूरीमा छौँ । भारतीय सीमादेखि सजहै आउन सकिने र पूर्व पश्चिम राजमार्गको छेवैमा रहेको यस केबलकार र रिसोर्टले ती पर्यटकको केही हिस्सा मात्र पनि आकर्षित गर्न सकेमा यस जिल्लाको मात्र होइन यस सुदूरपश्चिम प्रदेश र समग्र नेपालको पर्यटनको क्षेत्रमा अकल्पनीय फड्को मार्न सक्नेछ ।

    उनले भने ‘हामीले निर्माण गरिरहेका यसअघिका पूर्वाधारहरुजस्तै यहाँ पनि हामी स्थानीय सहभागिताकै मोडल अपनाएका छौँ । ’उनका अनुसार अब यो संरचना यहाँहरुको पनि साझा सम्पत्ति हो । त्यसैले यो आयोजनामा सहभागीताका लागि स्थानीय संयोजकका रुपमा संयोजन गर्नसूर्यबहादुर थापालाई आग्रह गरिएको छ । यहाँहरु पनि कम्पनी मार्फत् यस आयोजनामा सहभागी हुन सक्नुहुनेछ । साथै उनले चिसापानी क्षेत्रको इतिहास र महत्वलाई चिनाइ रहनुनपर्ने बताउँदै चिसापानी क्षेत्र आफैँमा सुन हो, यो केबलकार आयोजनाले यसमा सुगन्ध थप्ने विश्वास व्यक्त गरे । 

    उनका अनुसार तीन प्रदेशको संगम स्थल तथा डल्फिन र ¥याफ्टिङमा प्रसिद्ध कर्णालीको यो किनार ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनको त्रिवेणी बन्नेछ। साथै उनले  कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई यस आयोजनाको शिलान्यास गरिदिएकोमा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत उपस्थिति सबैमा आभार प्रकट गरेका थिए ।सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजना शिलान्यास परराष्ट्र मन्त्री डा. आरजु राणाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा  विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेज्यू , विशिष्ट अतिथि वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, विशिष्ट अतिथि माननीय मुख्य मन्त्री कमल बहादुर शाह, संघ तथा प्रदेशका माननीय सांसदज्यूहरु, संविधान सभा सदस्यहज्यूहरु, पूर्व सांसदज्यूहरु, विभिन्न राजनैतिक दलका प्रदेश अध्यक्ष तथा प्रतिनिधिज्यूहरुको सहभागिता रहेको थियो ।

    यसैगरी उक्त कार्यक्रममा  सुदूरपश्चिम प्रदेशका नेपाल सरकार, सुरक्षा निकाय तथा अन्य संघसस्थाका प्रमुखहरु, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत नेपाल सरकार, सुरक्षा निकाय तथा अन्य संघ संस्थाका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष, लम्की चुहाँ नगरपालिका  मेयर शुशिला शाही, उपमेयर जुना चौधरी लगायत निर्वाचित पदाधिकारीज्यूहरु,  मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय,  उपाध्यक्ष कमल बहादुर साउदज्यू लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीहरु, वडाका वडाध्यक्ष लवबहादुर शाही लगायत निर्वाचित सबै पदाधिकारीहरु ,जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij