Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

समग्र पर्यटन क्षेत्रको सुधारका लागि ठोस दिशानिर्देशको तयारी

समग्र पर्यटन क्षेत्रको सुधारका लागि ठोस दिशानिर्देशको तयारी

  • काठमाडौं । सरकारले समग्र पर्यटन क्षेत्रको सुधारका लागि ठोस दिशानिर्देशको तयारी गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका हुन् ।नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले यस्तो बताए ।

    पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजरी गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताउँदै मन्त्री पाण्डेले  अब छिट्टै नयाँ पर्यटन नीति आउने  बताए ।  पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन मन्त्री पाण्डेले निर्देशन दिए ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश क विविधताबीच एकता, सहिष्णुता र सद्भाव संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता भएको बताउँदै मन्त्री पाण्डेले  नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्टलाई अन्तर्राष्टिय बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक रहेको जनाए ।

    पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै  यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको जनाए ।पर्यटन बोर्ड अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पूर्वाधार विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा बोर्डले जोड दिनुपर्ने आवश्यकता औँल्याए 

    बोर्ड सञ्चालक समिति सदस्य ऋषि भण्डारीले यसका लागि पर्यटन प्रर्वद्धन मुख्य जिम्मेवारी बोकेको पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने बताए ।बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटक आगमन बिस्तारै लयमा फर्किंदै गएको र पर्यटनमा आगामी दिन थप सुनौलो हुने विश्वास व्यक्त गरे ।कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ को ११ महिनामा नेपालमा साढे ११ लाख पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालको पनि ९६ प्रतिशतसम्म सुधार भएको  देखिएको उनले जानकारी दिए ।

    कार्यक्रममा बोर्ड कर्मचारी संगठन अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गरिदिन आग्रह गरे ।कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’ विमोचन गर्नुका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij