काठमाडौं। सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँ बढ्दै कारोबार मूल्य प्रति तोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार पनि सुन तोलामा १४ सय रुपैयाँ बढ्दा प्रति तोला १ लाख ५१ हजार रुपैयाँ भएको थियो। मंगलबार सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुन प्रति तोला १ लाख ५० हजार ६ सय र साताको पहिलो दिन १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य बिहीबार तोलामा २५ रुपैयाँ बढेर प्रति तोला एक हजार ७९० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार ७६५ रुपैयाँ भएको थियो। सोमबार तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्ष सुरु भएसँगै सुनको मूल्य लगातार बढिरहेको छ। बिहीबार पनि सुन बढेर प्रति औंस २६३४.२३ डलर पुगेको छ। चाँदी प्रति औंस २९.३५ डलरमा छ।बुधबार सुन प्रति औंस २६२४.४९ डलर र चाँदी प्रति औंस २८.८४ डलर थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij