काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर पुस २५ गतेदेखि सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो ।
यी शेयरको मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ ।यी शेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij