Logo

Jan 10 2025 | २०८१, पुस २६गते

Jan 10 2025 | २०८१, पुस २६गते

images

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

श्रममन्त्री भण्डारीसँग दक्षिण कोरियाका राजदूत पार्क ताईको शिष्टाचार भेट

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गर्नुभएको छ । 
 
 आज मन्त्रालयमा भएको उक्त भेटमा दुईदेशबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले जानकारी दिनुभयो ।
 
 उक्त भेटवार्तामा इपिएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने र सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधिबारे छलफल भएको थियो । 
  
 त्यसैगरी इपिएस उत्तीर्ण भई रोष्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउने, शिप बिल्डिङलगायत क्षेत्रमा छनोट भएका कामदारका माग सम्बोधन गर्ने, कोरिया जान सबै चरण पूरा गरेका कामदारलाई छिटो, सरल र सहज ढङ्गबाट पठाउन थप सहजीकरण गर्नुपर्ने विषयमा छलफल भएको छ । 
 
 मन्त्री भण्डारीले सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गर्नुभएको थियो । राजदूत योङले नेपाली कामदारहरुको उच्च कदर गर्दै नेपालबाट निरन्तर कामदार लैजाने र रोष्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेकोसमेत बताउनुभयो  ।
 
 आगामी दिनमा सीपयुक्त कामदार पठाउन सकिने सम्भावना भएकाले दुवै पक्षले सीप विकासमा सहकार्यका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij