Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

कुलमानले ९८.९९ अंक दाबी गर्दै बुझाए कार्य सम्पादन विवरण

कुलमानले ९८.९९ अंक दाबी गर्दै बुझाए कार्य सम्पादन विवरण

  • काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०÷८१ मा गरेको कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा मन्त्रालयमा पेश गरेका छन्। उनले गत आवमा सम्पादन गरेका कामका लागि ९८.९९ अंक दाबी गर्दै विवरण पेश गरेका हुन् ।उनीसँग गत सोमबार स्पष्टीकरण सोध्ने क्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यसम्पादन विवरण बुझाउन अटेर गरेको आरोप लगाएका थिए।

    दोस्रो कार्यकालका लागि २०७८ साउन २५ गते प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका कुलमानले कार्यसम्पादनमा आर्थिक वर्ष २०७८÷७९ का लागि ९४.२३ र २०७९÷८० का लागि ९८.९४ अंक प्राप्त गरेका थिए।मन्त्रालयले गर्ने कार्यसम्पादन मूल्यांकनका आधारमा कुलमानको प्रोत्साहन भत्ता तय हुनेछ।

    प्राधिकरणले गत आर्थिक वर्ष १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। कुलमानले नेतृत्व सम्हाल्नुअघि आर्थिक वर्ष २०७२÷७३ सम्म प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा थियो। प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफाको अवस्थामा छ।

    प्राधिकरणले विद्युतीकरण ९९ प्रतिशत पु¥याएको छ भने विद्युत् चुहावट १२.७३ प्रतिशतमा झारेको छ। कुलमानले जिम्मेवारी सम्हाल्नुअघि चुहावट २५.७८ प्रतिशत रहेको थियो। पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्क र कुलमानबीचको सम्बन्ध राम्रो नरहेको देखिएको छ ।
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij