Logo

Jan 14 2025 | २०८१, माघ १गते

Jan 14 2025 | २०८१, माघ १गते

images

रास्वपा अध्यक्ष लामिछानेविरुद्धको थुनछेक बहस जारी

रास्वपा अध्यक्ष लामिछानेविरुद्धको थुनछेक बहस जारी

  • काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो ।

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले रासससँग भन्नुभयो, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij