काठमाडौँ । नेपाल निमार्ण व्यवसायी महासंघले निर्माण उद्योग ठूलो मारमा परेको भनी चिन्ता व्यक्त गरेको छ ।पूर्वमा हार्डवेयर व्यवसायीहरूले सिमेन्ट उद्योगहरूले सिमेन्टको मूल्य वृद्धिको विरोध गरिरहेका बेला निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले यस्तो बताएका हुन् ।
सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापन लगायतका विषयमा देशभरका निर्माण व्यवसायीहरू एकपछि अर्को समस्यामा परिरहेको जनाउँदै उनले यस्तो चिन्ता व्यक्त गरे ।
उनका अनुसार सिमेन्टको मूल्य बढेको दिनदेखि निर्माण कार्य ठप्प छ । निर्माण कार्यलाई बढाउन सकिएको छैन् । सिमेन्टको मूल्य घटाउनुपर्छ भनेर सरकारलाई आग्रह निरन्तर गरिएको छ । तर सरकार यो विषयमा उदासीन देखिएको छ ।
सरकारले यस विषयमा खासै चासो नदिएको बताउँदै अध्यक्ष सिंहले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको अझै पनि भुक्तानी नगरिरहेको बताए । यसले निर्माण उद्योग संकटमा परेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij