काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८१ पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरियो । साथै, आ.व. २०८१÷८२ को लेखापरीक्षकका लागि एनबीएसएम एन्ड एसोसिएटसलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij