काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोडबाट घटेर ८५ करोड ७५ लाख रुपैयाँमा झरेको छ । यता, खुद ब्याज आम्दानी पनि घटेको छ । उक्त आम्दानी ४ अर्ब ४८ करोडबाट घटेर ३ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो ।