
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज माघ ८ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij