Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने

  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ ।

    images

    कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले यो आईपीओमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि पुस २५ गते अनुमति पाएको थियो ।

    यस आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।

    आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन पेश गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij