Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

गत वर्षको भन्दा बढी भयो भनेर नभई लक्ष्य अनुसारको भन्सार राजस्व उठाउन अर्थमन्त्रीको आह्वान

गत वर्षको भन्दा बढी भयो भनेर नभई लक्ष्य अनुसारको भन्सार राजस्व उठाउन अर्थमन्त्रीको आह्वान

  • काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भन्सारको राजस्व संकलन लक्ष्य कुनै पनि हालतमा पुरा हुनुपर्ने बताएका छन् । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा  आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले  यस्तो बताएका हुन् ।गत आर्थिक वर्षको तुलनामा यसपाली भन्सार बढ्यो भन्नेमा नरमाइ  यसपालीको लक्ष्य अनुसार नै सकंलन हुनुपर्नेमा जोड दिनुपर्ने उनले बताए ।  उनका अनुसार राजस्व संकलनको हिसाब चापमा छ । यो कुरा भन्सार विभागका कर्मचारीहरुले बुझ्नुपर्छ । विगतको तुलनामा धेरै कर उठाइयो भनेर मात्रै पुग्दैन् । यसपालीको लक्ष्य अनुसार भन्सार महशुल उठाउनै पर्ने भएको छ ।

    लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था यस वर्ष रहेको र त्यसमा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिँदै मन्त्री पौडेलले भने  ‘मेरो अनुमानमा हामी लक्ष्य पूरा गर्न सक्ने अवस्थामा यस वर्ष छौं यसमा कर्मचारीहरु इमानदार भएर लाग्नुपर्छ । अहिलेको सरकार एक थान सरकार थपियो भन्ने मात्रै होइन । यो सरकार काम गर्नका लागि आएको हो ।’  उनले अध्यादेशहरुका कारण निजी क्षेत्रमा उत्साह जागेको बताउँदै यो सुधारको प्रयास मात्रै भएको र अझै ठूला सुधारहरु गरिने बताए । उनका अनुसार निजी क्षेत्रका साथीहरुले अध्यादेशको स्वागत गरिरहनु भएको छ । यो निजी क्षेत्रको गरिएको अन्तिम प्रयास होइन । यो सुरुवात मात्रै हो ।

    निजी क्षेत्रले पनि राजस्व चुहावट रोक्न सहयोग गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका छाता संस्थाहरुले आफ्ना सदस्यहरुलाई राजस्व तिर्न प्रेरित गर्नुपर्ने मन्त्री पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij