Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

राजस्व अनुसन्धान विभागद्वारा सवा पाँच करोड बढीको साडी, कुर्ता सलवारलगायतका मालवस्तु लिलाम गरिँदै

राजस्व अनुसन्धान विभागद्वारा सवा पाँच करोड बढीको साडी, कुर्ता सलवारलगायतका मालवस्तु लिलाम गरिँदै

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आज आइतबार सूचना जारी गरेको छ ।विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले जारी गरेको सूचना अनसार ती सामान एकमुष्ट लिलामी गरिने छ । सूचना अनुसार ती मालवस्तुको मूल्य ५ करोड ३६ लाख २ हजार ४ सय ६६ रुपैयाँ बराबर छ । यो मूल्य अभिवृद्धि कर (भ्याट) सहित हो ।

    कार्यालयका अनुसार यसरी लिलाम गरिने वस्तुमा सारी, स्वेटर, कुर्थासुरुवाल, टप्स, ज्याकेट, जुत्ता, चप्पल, टेम्पर ग्लास, इयरबड, मोबाइल कभर, जिन्स पाइन्ट, स्मार्ट वाच लगायत छन् ।जनाइए अनुसार १ सय ३८ थान सारी, १ सय ६० थान स्वेटर, २५ हजार ८ सय ७३ थान कुर्थासुरुवाल, ९ सय ३३ थान टप्स, २ सय ९ थान ज्याकेट, ६४ जोर जुत्ता, ८० जोर चप्पल, २ हजार २ सय ४२ थान टेम्पर ग्लास, २ हजार ३ सय ४० थान इयरबड, १ हजार ४ सय ७४ किलो मोबाइल कभर, १ सय ४ थान जिन्स पाइन्ट, २ हजार २ सय ९६ थान स्मार्ट वाच, १ हजार ९ सय ९० थान मोबाइल डिस्प्ले, नोकिया मोबाइल २ सय थान, १ हजार ५ सय थान कस्मेटिक, ३० थान सर्ट, ८ सय ७० मिटर ड्रेस मेटरियल र ६५ इन्चको एक थान टेलिभिजन सेट लिलाम गर्न लागिएको  हो ।

    कार्यालयले ती सामान जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामै सिलबन्दी दरभाउपत्रका माध्यमबाट लिलाम गरिने जनाएको छ । दर्ता भएका इच्छुक फर्म तथा कम्पनीले लिलाम बिक्रीमा सहभागी हुने पाउने गरी  सिलबन्दी दरभाउपत्र बुझाउने म्याद १५ दिनको रहेको जनाइएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij