
काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो प्राङ्गणमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ ।त्रिवि भन्सार कार्यालय , भन्सार एजेन्ट संघ काठमाडौँलगायतले भन्सार दिवसको अवसरमा गरेको उक्त कार्यक्रममा आयात निर्यातमा संलग्न व्यवसायी , भन्सार विभागका महानिर्देशक , भन्सार एजेन्टलगायतको ठुलो उपस्थिति रहेको थियो ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेशलाल श्रेष्ठ , उपाध्यक्ष जयप्रसाद शिवाकोटी, नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक जगन्नाथ निरौँला, निर्यात संघ , नेपाल भन्सार एजेन्ट महासंघका पूर्व अध्यक्ष भरतराज घिमिरे ,कार्गो कुरियर संघ, निर्यात परिषद्लगायतका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले समग्र भन्सार क्षेत्रको सुधारका लागि आफू दत्तचित भएर लागेको बताए । यस्तै त्रिवि भन्सार कार्यालयका कार्यालय प्रमुख महेश बरालले त्रिवि भन्सार कार्यालयमा थुप्रै समस्या रहेको बताउँदै सुधारका लागि आफूले पहल गरिरहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघलगायतका प्रतिनिधिहरूले आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी, खेलाडी, भन्सार एजेन्ट , निकासीकर्तालगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरूमा डिलुप्रसाद अधिकारी, मिलन श्रेष्ठ, प्रिन्स पौडेल, मेनुका थापालगायत छन् । यस्तै दौड प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने धावकलाई नगदसहित पुरस्कार र सम्मान गरिएको भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष गौतम भट्टले नयाँ सडकलाई बताए ।
यस्तै भन्सार एजेन्ट शिव प्रसाद ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा निकासीकर्ता छेवाङ डुल्लु लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भन्सार एजेन्ट संघ काठमाडौँले किरण जोशी, गोविन्द ढकाल, वासुदेव कोइराला ,बुद्ध राज खनाल , निकासीकर्ता रेशम पोखरेललगायतलाई सम्मान गरेको भन्सार एजेन्ट संघ काठमाडौँका सचिव होमनाथ धमलाले बताए ।
कार्यक्रममा आँखा शिविर र रक्तदान कार्यक्रममा सहयोग गर्ने कान्तिपुर हस्पिटल, लाइन्स क्लबका प्रतिनिधिलाई समेत सम्मान गरिएको नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका कोषाध्यक्ष शिवराज रिजालले बताए ।
भन्सार एजेन्ट संघ काठमाडौँद्वारा अतुलस्मृति गुरुकूललाई आर्थिक सहयोग प्रदान
भन्सार एजेन्ट संघ काठमाडौँले अतुलस्मृति गुरुकूललाई आर्थिक सहयोग प्रदान गरेको छ । ७३औँ अन्तर्राष्ट्रिय भन्सर दिवसको अवसरमा संघले अतुलस्मृति गुरुकूललाई तीस हजार रुपैयाँ नगद सहयोग गरेको भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष गौतम भट्टले बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij